IME Life New

खाडी क्षेत्रमा जाने राजदूतहरु अब बिचौलियाको डिनर टेबलमा होइन श्रमिकको शिविरमा भेटिनेछन्ः रवि लामिछाने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले अब खाडी क्षेत्रमा जाने राजदूतहरु बिचौलियाको डिनर टेबलमा नभएर श्रमिकको शिविरमा भेटिने बताएका छन्।

निर्वाचनपछिको पहिलो प्रतिनिधिसभा बैठकमा आज वैदेशिक रोजगारमा रहेका नेपालीका विषयमा सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो उद्घोष गरेका हुन्। ‘यो देशमा सधैँ तपाइँहरुले पठाएको रेमिट्यान्सको कुरा भयो तर आज म पैसाको कुरा गर्दिनँ’, उनले भने, ‘अब तपाइँले तिर्नुभएको मूल्यको कुरा गर्छु। परिवारबाट टाढा रहनुभयो। आमाबुवाको साथबाट अलगिनुभयो, कलिला छोराछोरीको साथ गुमाउनुभयो। चाडपर्व, गाउँघरको रमाइलो गुमाउनुभयो।’

Esewa
Crest

आज यही सदनबाट आफूले क्षमायाचना गर्ने पनि लामिछानेले बताए। ‘यो देशले तपाइँको योग्यको सम्मान गरे। ‘अब तपाइँहरुको पीडा केवल कथा बन्ने छैन’, उनले भने, ‘नीति बन्नेछ, राज्यको प्राथमिकता बन्नेछ।’

त्यसैले अब बिचौलिया र श्रम माफिया कारबाहीको भागिदार बन्ने लामिछानेले घोषणा गरे। ‘अबको बजेटमा नीति तथा कार्यक्रम तपाइँको बन्ने छ’, उनले भने, ‘अब खाडी राष्ट्रमा जाने राजदूतहरु बिचौलियाको टेबलमा नभएर श्रमिकको शिविरमा भेटिनेछन्।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS