IME Life New

निर्वाचन आयोगले चैत २२ देखि मतदाता नामावली संकलन पुनः शुरू गर्दै, अनलाइनबाटै फारम भर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्वाचन आयोगले स्थगित गरिएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य आगामी चैत २२ गतेदेखि पुनः सुचारु गर्ने निर्णय गरेको छ।

२०८२ मङ्सिर ६ गतेदेखि प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको यो प्रकृयालाई आयोगको चैत १८ गते बसेको बैठकले पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।

Esewa
Crest

आयोगका अनुसार मतदाता नामावलीमा नाम दर्ता गर्न अब थप सहज बनाइएको छ । राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरिसकेका नेपाली नागरिकले सोही विवरणका आधारमा अनलाइन प्रणालीबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन्। राष्ट्रिय परिचयपत्र नभएकानागरिकले आयोगको ‘प्रि एनरोलमेन्ट’ (अग्रिम दर्ता) प्रणालीमार्फत अनलाइन फारम भरी आफ्नो फोटो र औँठाछाप बायोमेट्रिक दिनका लागि प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्नेछ।

मतदाता नामावलीमा रहेको नाम, थर, ठेगाना सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा बसाइँसराइ गरेकाहरूको विवरण अद्यावधिक गर्न र मतदान स्थल परिवर्तनका लागि समेत अनलाइन माध्यमबाट आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।

गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुल मतदाता संख्या १ करोड ८२ लाख मध्ये ६१ प्रतिशतले मतदान गरेका छन् । खसेको मतमध्ये ५ प्रतिशत मत बदर भएको थियो।

आयोगले योग्य नेपाली नागरिकहरूलाई आफ्नो मताधिकार सुनिश्चित गर्न समयमै नामावली दर्ता तथा अद्यावधिक गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS