काठमाडौं । सोपान फर्मास्युटिकल्सले दोस्रो चरणमा आउँदो वैशाख २ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ।
कम्पनीले दोस्रो चरणमा सामूहिक लगानी कोषका लागि २ लाख १४ हजार ५०० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीका लागि १ लाख ७१ हजार ६०० कित्ता छुट्याएर बाँकी १०० रुपैयाँ अंकित दरका ३४ लाख ७४ हजार ९०० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।
लगानीकर्ताले यस आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखाका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। यो आइपीओको निष्कासन बन्द छिटोमा वैशाख ६ गते र ढिलोमा वैशाख १६ गते बैंकिङ समयपछि हुनेछ।
सोपान फर्मास्युटिकल्सको आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।












