IME Life New

मार्जिन कारोबारका लागि १२३ कम्पनी योग्य, कुन-कुन परे ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारका लागि योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ।

नेप्सेले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया, २०८२ को परिच्छेद ३ को दफा ८ (१)बमोजिम मापदण्ड पूरा गरेका कारोबार योग्य कम्पनीको सूची सार्वजनिक गरेको हो। यो सूचीमा नेप्सेमा सूचीकृत १२३ वटा कम्पनी परेका छन्।

Esewa
Crest

मार्जिन कारोबारका लागि नेप्सेमा सूचीकृत १९ वटै वाणिज्य बैंक योग्य देखिएको छन्। राष्ट्रियस्तरका ८ वटै विकास बैंकसहित ११ वटा विकास बैंक पनि मार्जिन कारोबारका लागि योग्य भएका छन्।

यसैगरी ११ वटा फाइनान्स कम्पनी, १७ वटा लघुवित्त वित्तीय संस्था, १२ वटा जीवन बीमा कम्पनी, ११ वटा निर्जीवन बीमा कम्पनी, २८ वटा जलविद्युत कम्पनी, लगानी समूहका ६ वटा कम्पनी, होटल समूहका ३ वटा कम्पनी, उत्पादन समूहका २ वटा कम्पनी, अन्य समूहका २ वटा कम्पनी र व्यापार समूहको एउटा कम्पनी छन्।

स्टक ब्रोकरले आउँदो वैशाख २ गतेबाट लगानीकर्तालाई मार्जिन कारोबार सुविधा प्रदान गर्ने तयारी गरिरहेका छन्। अब लगानीकर्ताहरुले यही सूचीमा रहेका कम्पनीहरुको शेयरमा मात्रै यो सुविधा उपभोग गर्न पाउनेछन्। बैंक तथा वित्तीय संस्थाले पनि यही सूचीअन्तर्गतका कम्पनीहरुका शेयर धितोमा राखेर लगानीकर्तालाई शेयर लोन प्रदान गर्न सक्नेछन्।

list

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS