काठमाडौं । श्रमिक तथा कामदारका लागि कार्यस्थलको अधिकतम तापको स्तर निर्धारण गरिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजदेखि कार्यस्थलका लागि अधिकतम तापको स्तर (मापदण्ड), २०८२ लागू गरिएको हो। जसअनुसार हल्का कार्यका लागि ३२.२ डिग्री सेन्टिग्रेड, मध्यम कार्यका लागि ३०.६ डिग्री सेन्टिग्रेड, गाह्रो कार्यका लागि २८.९ डिग्री सेन्टिग्रेड र धेरै गाह्रो कार्यका लागि २६.९ डिग्री सेन्टिग्रेड कायम गरिएको छ।
- हल्का कार्यः बसेर वा उभिएर मेसिनहरु नियन्त्रण गर्ने, हातको प्रयोग गर्ने हल्का कार्य जस्तैः हाते औजारले काट्ने कार्यहरु, हलुका सामानको ओसारपसार गर्ने।
- मध्यम कार्यः निरन्तर हात र पाखुराले गर्ने काम। हल्का धकेल्ने वा तान्नुपर्ने काम। जस्तैः टेबल–कुर्सी सार्ने काम, सामान तल–माथि लैजाने काम।
- गाह्रो कार्यः हात र शरीरको मांसपेशीमा असर पर्ने कडा काम। उठाउने र बेल्चा लगाउने काम। खान्ने, बोक्ने, गाह्रौ भारी धकेल्ने वा तान्ने, तीव्र गतिमा हिँड्ने काम।
- धेरै गाह्रो कार्यः द्रुत गतिदेखि अधिकतम गतिमा गरिने धेरै कडा गतिविधिहरु।
- कोठाभित्र मापन गर्दा भुइँ तहभन्दा १.५ मिटर उचाइमा हावाको गति १.५ मिटर प्रतिसेकेन्डभन्दा बढी हुनुपर्छ।
- वेट बल्बको तापक्रम सधैँ ड्राई बल्बको तापक्रमभन्दा कम हुन्छ तर १०० प्रतिशत सापेक्षिक आद्र्रतामा समान हुनेछ।
- वेट बल्ब ग्लोब टेम्प्रेचर (डब्ल्यूबीजीटी) मिटर प्रयोग गरी डब्ल्यूबीजीटी मापन गर्नुपर्दछ। डब्ल्यूबीजीटी मिटरलाई कम्तीमा १ घन्टा कार्यस्थलमा राखी डब्ल्यूबीजीटी मापन गर्नुपर्दछ।
- माथि उल्लेखित तापको स्तरभन्दा फरक तापक्रममा कार्य सञ्चालन गनुपर्ने भएमा आवश्यकताअनुसारको सुरक्षाको नियन्त्रात्मक उपायहरु जस्तैः व्यक्तिगत सुरक्षाको उपकरण (पीपीई), जब रोटेसन आदिको व्यवस्था गरी गर्न सकिनेछ।
- यी मापदण्ड लागू भएको मितिले ३ वर्षभित्र पुनरावलोकन गरिनेछ।












