IME Life New

मध्यपूर्व क्षेत्रमा बढ्यो राजनीतिक जोखिम बीमाको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युद्धको तनावका कारण मध्यपूर्व क्षेत्रमा राजनीतिक जोखिम बीमाको माग बढेको छ। अमेरिका/इजराज र इरानबीचको द्वन्द्वका कारण मध्यपूर्व क्षेत्रमा राजनीतिक जोखिम बीमाको माग बढेको हो।

द्वन्द्वले आतिथ्य, ऊर्जा र पूर्वाधारजस्ता विशिष्ट क्षेत्रलाई असर गरिरहेको छ। होटल, डाटा सेन्टर र पाइपलाइनजस्ता सम्पत्तिलाई क्षेप्यास्त्र आक्रमण र ड्रोन घटनाहरुका लागि जोखिममा मानिन्छ। रुस–युक्रेन युद्धको सुरुआतपछि भूराजनीतिक तनावले पहिले नै साइबर बीमाको माग बढाएको छ तर ग्लोबलडेटा सर्वेक्षण तथ्यांकले देखाउँछ कि राजनीतिक जोखिम कभरेजमा रुचि पनि उस्तै गतिमा बढिरहेको छ।

Esewa
Crest

सन् २०२५ को तेस्रो र चौथो त्रैमासिकमा भर्डिक्ट मिडिया साइटहरुमा गरिएको एक सर्वेक्षणले पत्ता लगायो कि धेरैजसो बीमा पेसेवरले साइबर बीमाको माग उच्च हुने अपेक्षा गरे पनि लगभग चारमध्ये एक उत्तरदाताले राजनीतिक जोखिम बीमामा पनि उल्लेखनीय वृद्धि हुने विश्वास गर्छन्।

प्रमुख ढुवानी मार्गहरुमा अवरोधले आपूर्ति शृंखला बीमाको माग बढाउने अपेक्षा गरिएको छ। हालैका घटनाहरुले जोखिमलाई उजागर गरेका छन्। मध्यपूर्व क्षेत्रका केही भागमा क्षेप्यास्त्र आक्रमण भएका छन्। जसमा दुबईको पाम होटलमा फेयरमन्टलाई क्षति पुर्याएको थियो।

इजरायल र इरानबीचको क्षेत्रलाई विशेषगरी क्षेप्यास्त्र गतिविधि र अवरोधित ड्रोनहरुबाट हुने भग्नावशेषका लागि जोखिममा मानिन्छ।

ग्लोबलडाटाका वरिष्ठ बीमा विश्लेषक बेन केरी–इभान्सले भने, ‘राजनीतिक जोखिम बीमा द्वन्द्व क्षेत्रहरु नजिकै सञ्चालन हुने व्यवसायहरुका लागि बढ्दो रुपमा महत्वपूर्ण हुँदै गइरहेको छ। किनकि स्ट्यान्डर्ड पोलिसीहरुले प्रायः युद्धको क्षतिलाई समावेश गर्दैनन्।’

यसको अर्थ सैन्य आक्रमणबाट हुने क्षति परम्परागत सम्पत्ति वा व्यापार अवरोध बीमाद्वारा कभर नहुन सक्छ र दाबीहरु कानुनी मुद्दामामिलाको अधीनमा हुन सक्छन्। इभान्सले भने, ‘संयुक्त अरब इमिरेट्स (यूएई) र कतारजस्ता देशमा अवरोधित क्षेप्यास्त्र वा अनजान आक्रमणबाट हुने क्षतिको जोखिम उच्च रहन्छ। यसले विशेष कभरेजको आवश्यकता बढाउँछ।’

दुबई र अबुधाबीजस्ता प्रमुख पर्यटक केन्द्रहरुले चलिरहेको लडाइँका कारण बढ्दो जोखिमको सामना गरिरहेका छन्। जसले उच्च मूल्य सम्पत्तिहरुलाई महँगो क्षति पुर्याउन सक्छ। जसका कारण राजनीतिक जोखिम बीमाको माग अझ बढाउँछ।

ग्लोबलडाटाका अनुसार राजनीतिक जोखिम, साइबर र आपूर्ति शृंखला कभरेज प्रदान गर्ने बीमा कम्पनीहरूले सन् २०२६ सम्ममा बढ्दो माग देख्ने अपेक्षा गरिएको छ। यद्यपि, फर्मले भन्यो, ‘यी जोखिमलाई अन्डरराइट गर्न गाह्रो हुनेछ र भूराजनीतिक अनिश्चितता कायम रहँदा बीमा कम्पनीहरुले पोलिसीहरुको मूल्य निर्धारण र तिनीहरुको जोखिमको मूल्यांकन गर्न आवश्यक छ।’

यी नतिजा सन् २०२५ को तेस्रो र चौथो त्रैमासिकमा भर्डिक्ट मिडिया प्लेटफर्ममा गरिएको ८४ जना उत्तरदाताको ग्लोबलडाटा सर्वेक्षणमा आधारित छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS