IME Life New

शिक्षा मन्त्रालयद्वारा ब्रिज कोर्ष र तयारी कक्षामा प्रतिबन्धको निर्देशन परिमार्जन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी २०८३ वैशाख १ गतेदेखि विद्यालय तहका सबै प्रकारका ‘प्रवेश परीक्षा तयारी र ‘ब्रिज कोर्ष’ सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ।

मन्त्रालयले चैत १६ गते जारी गरेको विज्ञप्तिमा केही महत्त्वपूर्ण प्रावधानहरू स्पष्ट पार्दै अघिल्लो निर्देशनमा रहेको अन्यौलतालाई समेत सम्बोधन गरेको छ।

Esewa
Crest

सहसचिव एवम् प्रवक्ता शिवकुमार सापकोटाद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्ति अनुसार, नयाँ शैक्षिक सत्र सुरु हुनुअगाडि नै विभिन्न संस्थाहरूले सञ्चालन गर्ने यस्ता कक्षाहरूले विद्यार्थी र अभिभावकमाथि निम्न असर पारेको मन्त्रालयको निष्कर्ष छ।

अघिल्लो निर्देशनमा परिमार्जन र स्पष्टीकरण

मन्त्रालयले यसअघि जारी गरेको प्रेस विज्ञप्तिमा केही अन्यौलता देखिएपछि त्यसलाई परिमार्जन गर्दै थप प्रष्ट पारेको छ। सुरुमा “उच्च शिक्षा” समेत भनिएकोमा, पछिल्लो निर्देशनमा विशेषगरी विद्यालय तह (कक्षा १२ सम्म) का तयारी कक्षाहरूलाई कडाइका साथ बन्द गर्न निर्देशन दिइएको छ।

उच्च शिक्षाका हकमा भने प्रचलित कानून बमोजिम सञ्चालन नभएका कार्यक्रमहरूलाई मात्र बन्द गर्न र अन्यको हकमा नियमन गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरिएको छ। यसले लोकसेवा वा विश्वविद्यालय तहका विशिष्ट प्रवेश परीक्षा तयारी गरिरहेका विद्यार्थीहरूमा देखिएको अन्यौलतालाई केही हदसम्म कम गरेको छ।

मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै वैशाख १ गतेदेखि यस्ता कक्षाहरू सञ्चालन भए/नभएको अनुगमन गर्न र नियम विपरीत सञ्चालन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ।

“विद्यालय तहका यस्ता कार्यक्रमले शिक्षालाई व्यापारीकरण गरेको र विद्यार्थीलाई अनावश्यक तनाव दिएको पाइएकाले यो कदम चालिएको हो,” मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS