काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत १६ गते सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घटेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ८३ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४७ सय २० रुपैयाँमा कारोबार भएको थियो ।












