IME Life New

नबिल बैंकको अग्राधिकार शेयर सोमबारबाट कारोबारमा आउने, कसले किनबेच गर्न मिल्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकको अग्राधिकार शेयर भोलि सोमबारबाट दोस्रो बजारमा कारोबार आउने भएको छ।

गत मंसिर ५ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नबिल बैंकलाई ५ अर्ब रुपैयाँबराबरको अग्राधिकार शेयर ल्याउन अनुमति दिएको थियो। त्यसपछि नबिल बैंकले ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ पुस २ गते संस्थागत लगानीकर्तालाई बाँडफाँट गरेको थियो।

Esewa
Crest

नबिल बैंकको यो अग्राधिकार शेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ।

अब नबिल बैंकको अग्राधिकार शेयर पनि भोलि सोमबारबाट कारोबारमा आउनेछ। यो शेयर संस्थागत लगानीकर्ताबीच मात्र किनबेच हुनेछ। किनकि सर्वसाधारण लगानीकर्ता, धितोपत्र बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी, मर्चेन्ट बैंकरलगायत) र सामूहिक लगानी कोषले यो अग्राधिकार शेयर खरिदबिक्री गर्न नपाउने व्यवस्था रहेको छ।

नबिल बैंकको यो अग्राधिकार शेयरमा संस्थागत लगानीकर्ताले नाफा भएको वर्ष मात्र ८ प्रतिशत लाभांश पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS