काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार ७१.०५ अंकले घटेको छ। योसँगै नेप्से परिसूचक २८७९.११ को विन्दुमा बन्द भएको छ।
यो दिन नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा गिरावट आएको छ। सर्वाधिक गिरावट वित्त समूहमा ३.३८ प्रतिशतको देखिएको छ।
बजारमा आज १० कम्पनीको शेयरभाउ बढ्दा २५५ कम्पनीको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा १५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार रिडी पावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- रिडी पावरः ७१ करोड ११ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ५२ करोड २८ लाख रुपैयाँ
- सोलु हाइड्रोपावरः ४८ करोड ६९ लाख रुपैयाँ
- शिवम सिमेन्टः ४७ करोड ८९ लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः ४६ करोड ८ लाख रुपैयाँ
- एसवाई प्यानलः ३९ करोड ३५ लाख रुपैयाँ
- अपी पावरः ३७ करोड ३२ लाख रुपैयाँ
- राधी विद्युतः ३५ करोड ११ लाख रुपैयाँ
- कुमारी बैंकः ३४ करोड ७७ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ३३ करोड ६६ लाख रुपैयाँ












