IME Life New

युद्धका बीच रुसले चाल्यो यस्तो कदम, चीन र टर्कीलाई ठूलो धक्का !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रुसी सरकारले ठूलो घोषणा गरेको छ। अब घरेलु इन्धनको मूल्य स्थिर बनाउन रुसले अप्रिल १ देखि ग्यासोलिन निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

मध्यपूर्वमा अमेरिका–इरान युद्धका कारण विश्वव्यापी ऊर्जा बजारमा चलिरहेको अशान्तिको बीचमा यो निर्णय आएको हो। यो निर्णयले रुसबाट सिधै पेट्रोल आयात गर्ने केही देशका लागि ऊर्जा बजारमा थप संकट सिर्जना गर्न सक्छ। यसमा चीन, टर्की, ब्राजिल, अफ्रिका र सिंगापुर समावेश छन्।

Esewa
Crest

रुसी उपप्रधानमन्त्री अलेक्ज्यान्डर नोभाकका अनुसार संकटका कारण विश्वव्यापी तेल र पेट्रोलियम उत्पादनको मूल्यमा उल्लेखनीय उतारचढाव भइरहेको छ। तर, विदेशमा रुसी ऊर्जाको माग बलियो छ। घरेलु पेट्रोलियम उत्पादन बजारको समीक्षा गर्न नोभाकको अध्यक्षतामा भएको बैठकपछि यो घोषणा गरिएको हो।

बैठकका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घरेलु इन्धनको मूल्य धेरै बढ्नबाट रोक्नुपर्ने आवश्यकतामा जोड दिए। ऊर्जा मन्त्रालयले तेल प्रशोधन मूल्यहरु मार्च २०२५ को स्तरमा रहने जनाएको छ। जसले स्थिर घरेलु आपूर्ति सुनिश्चित गर्दछ।

रुसले यो निर्णय किन गर्यो ?

रुसले घरेलु माग पूरा गर्न पर्याप्त ग्यास र डिजेलको भण्डार कायम राख्न र घरेलु औद्योगिक मागमा कमी सुनिश्चित गर्न यो निर्णय गरेको जनाएको छ। सरकारी विज्ञप्तिमा भनिएको छ, ‘रुसी राष्ट्रपतिको घरेलु इन्धनको मूल्य अपेक्षितभन्दा बढी बढ्नबाट रोक्ने लक्ष्यमा विशेष जोड दिइएको छ।’

नोभाकले ऊर्जा मन्त्रालयलाई मूल्य स्थिर गर्न र स्थानीय बजारमा आपूर्तिलाई प्राथमिकता दिन अप्रिल १ देखि ग्यासोलिन निर्यातमा प्रतिबन्ध लगाउने प्रस्ताव तयार गर्न निर्देशन दिए।

रुसले कति पेट्रोल निर्यात गर्छ ?

रुसले दैनिक लगभग १ लाख २० हजारदेखि १ लाख ७० हजार ब्यारेल ग्यासोलिन निर्यात गरिरहेको छ। यो घोषणा रुसी तेल उत्पादनका प्रमुख खरिदकर्ता चीन, टर्की, ब्राजिल, अफ्रिका र सिंगापुरजस्ता देशहरुका लागि ठूलो झट्का हो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS