IME Life New

पासपोर्ट, नागरिकता र सवारी लाइसेन्स नागरिकको घर-घरमै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एक दलीय सरकारले नागरिकको घर-घरमै पासपोर्ट, नागरिकता र लाइसेन्स पुर्याउने लक्ष्य लिएको छ।

रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले तय गरेको १०० कार्यसूचीमा यस्तो लक्ष्य लिइएको हो। सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले यो सरकारले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘गभर्मेन्ट कुरिअर सर्भिस’का रुपमा विकास गर्ने कार्यसूची तय गरेको छ। जसमार्फत १०० दिनभित्र पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्सलगायतका सरकारी कागजात तथा सामग्री नागरिकको घरमै पुर्याउने लक्ष्य सरकारले लिएको छ।

Esewa
Crest

यसैगरी पासपोर्ट, नागरिकता, सवारी चालक अनुमतिपत्रलगायतका सेवा नागरिकलाई छिटो, सहज र बिचौलियामुक्त तरिकाले पूर्वानुमानयोग्य समयमा उपलब्ध गराउने व्यवस्था लागू गर्ने तथा सम्पूर्ण सेवा प्रक्रियालाई मुहारविहीन र समयबद्ध तथा डिजिटल प्रणालीमा रुपान्तरण गर्ने लक्ष्य यो सरकारको छ।

रास्वपा सरकारले सम्पूर्ण सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्रयाकिङयोग्य र पारदर्शी बनाउन प्रत्येक कार्यालयले एक महिनाभित्र समय र गतिको अध्ययन गरी कार्यालयको पुनर्विन्यास योजना तयार गर्ने कार्यसूची बनाएको छ।

नागरिकलाई छिटो, सहज र विचौलियामुक्त सेवा उपलब्ध गराउन नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र तथा जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवालाई डिजिटल र एकीकृत प्रणालीमार्फत सञ्चालन गर्ने, नागरिकताको प्रतिलिपि तथा पासपोर्ट सेवा जुनसुकै जिल्ला प्रशासनबाट प्राप्त गर्न सकिने व्यवस्था तत्काल लागू गर्ने, वडास्तरबाट डिजिटल सिफारिस प्रणाली लागू गर्ने, राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय प्रणालीका रुपमा प्रयोग गर्ने तथा सबै सेवा प्रक्रियालाई फेसलेस, टाइम–बाउन्ड र ट्रयाकिङयोग्य बनाउने कार्यसूची सरकारको रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS