काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा बनेको नयाँ सरकारले १०० कार्यसूची तयार गरेको छ।
गत शुक्रबार प्रधानमन्त्री शाहको नेतृत्वमा गठन भएको नयाँ एक दलीय सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेले तत्तकालै १०० कार्यसूची सार्वजनिक गर्ने निर्णय गरेका थिए। सोही निर्णयबमोजिम आज अर्थमन्त्री वाग्लेले यो कार्यसूची सार्वजनिक गरेका हुन्। यो कार्यसूचीमा सरकारले सरकारी तथा निजी अस्पतालका कुल शय्यामध्ये कम्तीमा १० प्रतिशत निःशुल्क उपलब्ध गराउने व्यवस्था कडाइका साथ तत्काल लागू गर्ने भएको छ।
यसैगरी बालेन नेतृत्वको सरकारले सम्पूर्ण स्वास्थ्य संस्थामा निःशुल्क सेवा उपलब्धता, लाभग्राही विवरण तथा सेवा उपभोगको रियल टाइम अनुगमनका लागि ‘फ्री हेल्ट पोर्टल’ विकास गरी ३० दिनभित्र लागू गर्ने भएको छ।
बिरामीको उपचार इतिहास, रिफरल, पुनः सेवा र क्लिनिकल फलोअप व्यवस्थित गर्न बिरामीको अभिलेख प्रणालीका लागि डिजिटल, एकीकृत र अन्तरआबद्ध स्वास्थ्य सूचना प्रणाली विकास ३ महिनाभित्र गर्ने नयाँ सरकारले कार्यसूचीमा समावेश गरेको छ। अनावश्यक निजी अस्पताल रिफर गर्ने प्रवृत्ति नियन्त्रण गर्न स्पष्ट रिफर पोर्टल लागू गर्ने पनि यो सरकारको कार्यसूचीमा रहेको छ।
१०० क्रियाकलापहरू Final











