IME Life New

सडकमै सर्वसाधारणको ज्यान लिनेमा दक्षिण एशियाकै खतरनाक मुलुक नेपाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सडक दुर्घटना र यात्राका क्रममा अकालमै ज्यान गुमाउनेको संख्याको आधारमा नेपाल दक्षिण एशियाली मुलुकहरूमध्ये पहिलो स्थानमा छ । एशियाली मुलुकको तुलनामा साताैं र विश्वव्यापी रूपमा नेपाल ७२ औं स्थानमा छ।

नेपालको कुल गार्हस्थ उत्पादनसँग दाँज्दा सडक दुर्घटनाको आर्थिक भार निकै ठूलो छ । मृत्यु र गम्भीर चोटपटकले सन् २०२१ मा अनुमानित ३ अर्ब अमेरिकी डलर खर्च भएको छ, जुन नेपालको कुल गार्हस्थ्य उत्पादनको लगभग ७ प्रतिशत बराबर हो। यो रकम सोही वर्षमा स्वास्थ्य सेवामा भएको ५.४ प्रतिशत खर्चभन्दा बढी हो। बाढी पहिरोबाट वर्षेनी हुने नोक्सानीभन्दा निक्कै गुणा बढी होे ।

Esewa
Crest

एशियन ट्रान्सपोर्ट अब्जरभेटरीले प्रकाशन गरेको प्रतिवेदन अनुसार,नेपालमा सडक दुर्घटनामा ज्यान गुमाएकामध्ये ६० प्रतिशत १५ देखि ४४ वर्ष उमेर समूहका यूवा छन् ।

 

ट्राफिक प्रहरी अधिकारीहरू दुर्घटनाका पछाडी भाैगोलिक बनाैट वा सडक मात्र कारण नभएको बताउँछन् । उनीहरूका अनुसार, कोचाकोच भरिएका बसहरू, कमजोर ब्रेक, जीर्ण टायर, र कमजोर सवारी परिक्षण व्यवस्थाले दुर्घटना निम्त्याइरहेको छ । यसबाहेक कथित सिण्डीकेट माफियाहरूले पुराना सवारी साधनहरू प्रतिस्थापन गर्न संगठितरूपमा गर्दै आएको प्रतिरोध  पनि हो ।

सवारीको तीब्र गति, ओभरलोडिङ, वा मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाइ न्यूनतम जरिवाना, र घुसखोरी वा राजनीतिक प्रभावले प्रायः अपराधीहरूलाई उम्किने अवसर दिइरहेको छ।

सवारीसाधन इजाजत पत्र वितरणमा व्याप्त भ्रष्टाचारले पनि दुर्घटनाको कारण बढाएको छ। पूर्ण तयारीका साथ ट्रायल दिन गएकाहरूलाइ माफियाहरूले थोत्रा सवारी साधन(ब्रेक वा गियर काम नगर्ने) दिएर ट्रायल गर्न बाध्य बनाउँछन् । र अनुतीर्ण गरिदिन्छन् । यसको साटो सवारी चलाउन सिक्नुभन्दा घुस दिएर परिक्षा उतीर्ण हुनु बेस भन्ने सोंच सहित अधिकांश आकांक्षी चालकले ड्राइभिङ सेण्टर भन्दा पनि यातायात कार्यालयका दलाललाइ गुरू मान्नु उपयुक्त ठान्छन् ।

नेपालको बढ्दो सडक ट्राफिक दुर्घटनाले भूभागको अपरिहार्यतालाई होइन तर कमजोर शासनको परिणामलाई प्रतिबिम्बित गरिरहेको छ। सुरक्षित पूर्वाधार, बलियो कानून, उचित संकेत, पर्याप्त कर्मचारी र जवाफदेहितामा गम्भीर लगानी बिना, मृत्युदर बढ्दै जानेछ।

अन्तर्राष्ट्रिय सडक दुर्घटना प्रोफाइलको अनुमान छ, नेपालको कुल गार्हस्थ्य उत्पादनको लगभग ०.४ प्रतिशत (१३ करोड ४० लाख अमेरिकी डलरको वार्षिक लगानी ) ले सुधारिएको सडक सुरक्षा पूर्वाधार मार्फत वार्षिक रूपमा झण्डै ३ हजार जनाको ज्यान जोगाउन संभव छ।

नेपालमा कुनै पनि सवारी साधन मालिकको लागि, न्यूनतम कानुनी आवश्यकता तेस्रो पक्ष बीमा हो। तर थोरै बढी बीमाशुल्क भुक्तानी गरेर बीमामा अझै बढी क्षतिपूर्ती समावेश गर्न सकिन्छ। व्यापक जोखिम बहन बीमाले दुर्घटना पछि  सवारीधनीलाइ हुने आर्थिक क्षति र पीडित परिवारको पीडाको घाउमा केही भएपनि मल्हम लगाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS