काठमाडौं । सरकारले पेट्रोल र डिजेलमा एक्साइज ड्युटी प्रतिलिटर भारु १० घटाएको छ।
पेट्रोलमा एक्साइज ड्युटी प्रतिलिटर भारु १३ रुपैयाँबाट घटाएर भारु ३ गरिएको छ। जब कि डिजेलमा एक्साइज ड्युटी भारु १० शून्य गरिएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार एचपीसीएल, बीपीसीएल र आईओसीजस्ता तेल कम्पनीलाई सहयोग गर्न यो कदम चालिएको हो। मध्यपूर्वमा जारी युद्धका बीचमा बढ्दो विश्वव्यापी कच्चा तेलको मूल्यको सामना गर्न तेल कम्पनीहरुलाई सहयोग गर्ने उद्देश्यले भारत सरकारले कदम चालिएको हो।
मार्च २६ मा जारी गरिएको एक अधिसूचनामा भारतको वित्त मन्त्रालयले पेट्रोलमा एक्साइज ड्युटी पहिलेको प्रतिलिटर भारु १३ बाट घटाएर ३ रुपैयाँ प्रतिलिटर गरेको छ। जब कि प्रतिलिटर डिजेलमा एक्साइज ड्युटी पूर्ण रुपमा हटाइएको छ। मन्त्रालयले यी कटौती तुरुन्तै लागू हुने जनाएको छ।
पेट्रोल र डिजेलमा एक्साइज ड्युटी घटाएपछि अब ठूलो प्रश्न यो हो कि तिनीहरुको मूल्य पनि घट्नेछ कि छैन। यो समाचार सामान्य उपभोक्ताका लागि त्यति सान्त्वनादायी नहुन सक्छ। स्रोतका अनुसार पम्पमा पेट्रोल र डिजेलको मूल्य घट्ने सम्भावना कम छ। यद्यपि, तेल मार्केटिङ कम्पनीहरुले यसबाट प्रत्यक्ष लाभ उठाउनेछन्।
इजरायल, संयुक्त राज्य अमेरिका र इरानबीचको युद्ध ठीक एक महिनाअघि सुरु भएदेखि नै विश्वभर तेलको मूल्य बढेको छ। यस अवधिमा इरान लगायत खाडी देशहरुमा ऊर्जा प्रतिष्ठानहरुमा पनि आक्रमण भएको छ।
विश्वव्यापी तेल र ग्यास आपूर्तिका लागि महत्वपूर्ण मार्ग स्ट्रेट अफ होर्मुजको इरानी नाकाबन्दीले यो संकटलाई झनै बढाएको छ। विश्वको तेल आपूर्तिको लगभग २०% यही समुद्री मार्गबाट हुन्छ। –एजेन्सी












