काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा बन्ने सरकारका सम्भावित मन्त्रीहरुको नाम आउन थालेको छ। यद्यपि, आधिकारिक रुपमा पार्टीले सार्वजनिक गरेको छ।
प्रधानमन्त्रीका रुपमा शाहले आज मध्याह्न १२ः३४ बजे शीतल निवासमा शपथ लिँदैछ। त्यसपछि नयाँ सरकारका मन्त्रीहरुले शपथ खाने छन्।
पार्टी स्रोतका अनुसार सम्भावित मन्त्रीहरुको नाम टुंगो लाग्दैछ। बालेन नेतृत्वको सरकारका अर्थमन्त्रीमा डा स्वर्णिम वाग्लेको नाम लगभग निश्चित भएको छ। ‘परराष्टमन्त्री शिशिर खनाल र कानुनी मन्त्री सोविता गौतमलाई बनाउनेमा शाह र पार्टी सभापति रवि लामिछानेपछि सहमति बनेको छ’, स्रोतले भन्यो।
त्यस्तै गृहमन्त्रीमा ३ जनाको नाम चर्चामा छ। पार्टी उपसभापति डोलेन्द्रप्रसाद अर्याल, महामन्त्री सुनिल लम्साल र सुधन गुरुङमध्ये एकजनालाई गृहमन्त्री बनाउने पार्टीभित्र छलफल भइरहेको स्रोत बताउँछ। ‘गृहमन्त्रीमा अर्याल बन्ने दाह्रो सम्भावना छ’, स्रोतले भन्यो।
यसैगरी सम्भावित मन्त्रीहरुमा विराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, गनेश पौडेल, विक्रम खनाल, निशा डाँगी, गीता चौधरी, सीता बादीलगायत पनि छन्। नयाँ सरकारका मन्त्रीहरुले आज दिउँसो २ः१५ बजे शपथ लिने कार्यक्रम छ।












