काठमाडौं । शेयर बजार दोहोरो अंकले उकालो लागेको छ। नेप्से पसिूचक १४.२१ अंकले बढेर २९५०.१६ को विन्दुमा बन्द भएको हो।
यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटा समूह बढेको भने ३ वटा घटेको एउटा समूह स्थिर रहेको आज जलविद्युत समूह सर्वाधिक १.५६ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक २.८४ प्रतिशतले घटेको छ।
बजारमा आज १७९ कम्पनीको शेयरभाउ बढेको छ भने ८० वटाको घटेको छ। यो दिन ८ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा १३ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- एनआरएन इन्फ्रास्ट्रक्चरः ९४ करोड २९ लाख रुपैयाँ
- एसवाई प्यानलः ७१ करोड ९२ लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः ४६ करोड ३२ लाख रुपैयाँ
- रिडी पावरः ४५ करोड ७ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ४१ करोड २४ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः ३३ करोड १२ लाख रुपैयाँ
- कुमारी बैंकः ३३ करोड ९ लाख रुपैयाँ
- अपी पावरः ३१ करोड ९२ लाख रुपैयाँ
- शिवम सिमेन्टः २८ करोड ३७ लाख रुपैयाँ
- राधी विद्युतः २३ करोड १५ लाख रुपैयाँ












