IME Life New

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम १३ अर्ब १६ करोड माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १४ दशमलव २१ अंकले बढेर २,९५० को विन्दुमा कायम भएको छ । आज १७८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४३ कम्पनीको ३ करोड ४ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९४ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको ७१ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ४६ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स, सुपर खुदी र होटल फरेष्टका लगानकिर्ताले कमाएका छन् । आज यी ३ कम्पनीक ालगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सोलु हाइड्रो र भुजुङ हाइड्रोका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावरका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS