IME Life New

जेनजी आन्दोलनः तत्कालीन प्रधानमन्त्री ओलीदेखि अरु क-कसलाई कारबाहीको सिफारिस ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको मानवीय क्षेत्रमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री र सुरक्षा निकायका पदाधिकारीमाथि कारबाहीको सिफारिस गेको छ।

प्रतिवेदनमा संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा भएको जेनजी युवा समूहको आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगले यस्तो सिफारिस गरेको हो। आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकदेखि सुरक्षा निकायका उच्च अधिकारीहरुलाई दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको छ।

Esewa
Crest

आयोगले मुख्य गरी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई फौजदारी लापरबाही र जिम्मेवारीबाट पन्छिएको भन्दै दोषी ठहर गरेको छ। प्रतिवेदनमा गोली चल्दा पनि स्थिति नियन्त्रणमा लिन पहल नगरेको र मानव अधिकारको गम्भीर उल्लंघन भएको ठहर गरिएको छ।

प्रतिवेदनमा ओली र लेखकसहित तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई घटनाको मुख्य जिम्मेवार रहेको उल्लेख छ। उनीहरुलाई मुलुकी अपराध संहिताबमोजिम लापरबाहीपूर्ण कार्यमा कारबाही गर्न प्रतिवेदनमा सिफारिस गरिएको छ।

यसैगरी प्रतिवेदनमा गोकर्णमणि दुवाडी (तत्कालीन गृह सचिव), राजु अर्याल (तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक), हुतराज थापा (तत्कालीन प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग), छविराज रिजाल (तत्कालीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ), काठमाडौं), सिद्धिबिक्रम शाह ( प्रहरी अतिरिक्त महानिरीक्षक, कार्य विभाग प्रमुख), ओमबहादुर राना (प्रहरी नायब महानिरीक्षक, तत्कालीन कार्यवाहक प्रमुख, रानीपोखरी), विश्व अधिकारी (प्रहरी वरिष्ठ उपरीक्षक, तत्कालीन प्रमुख, काठमाडौं प्रहरी परिसर), दीप शमशेर जबराः प्रहरी वरिष्ठ उपरीक्षक, रानीपोखरी), ऋषिराम कँडेल (प्रहरी उपरीक्षक, विशेष कार्यदल) र दानबहादुर कार्की (प्रहरी अतिरिक्त महानिरीक्षक, हतियार सुरक्षामा ध्यान नपुरयाएको र सरुवाको विषयमा)मा कारबाही गर्न प्रतिवेदनमा सुझाव दिइएको छ।

यसैगरी कारबाही सिफारिसमा परेका सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका अधिकारीहरु नारायणदत्त पौडेल (सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, तत्कालीन अपरेशन कमाण्डर), सुरेशकुमार श्रेष्ठ (सशस्त्र प्रहरी नायव महानिरीक्षक, बाहिनीपति) र जीवन केसी (सशस्त्र प्रहरी उपरीक्षक, विपद उद्धार), कृष्णप्रसाद खनाल (सहनिर्देशक, उपत्यका अभियान महाशाखा), रिबेनकुमार गच्छदार (सहअनुसन्धान निर्देशक, काठमाडौं जिल्ला प्रमुख) र मनोज बैदवार (सहायक रथी, राष्ट्रपति भवन (शीतल निवास) सुरक्षा टोली प्रमुख), दिवाकर खड्का (प्रमुख सेनानी, प्रधानमन्त्री निवास (बालुवाटार) सुरक्षा टोली प्रमुख), गणेश खड्का (प्रमुख सेनानी, सिंहदरबार सचिवालय सुरक्षा टोली प्रमुख) र सन्तोष ढुंगेल (सेनानी, संसद् भवन र बानेश्वर क्षेत्र सुरक्षा टोली प्रमुख) छन्।

यसैगरी भीडलाई उक्साउने र शान्ति भंग गर्ने कार्यमा संलग्न भनिएका टीओबी ग्रुपका मोटरसाइकलमा आएका व्यक्ति (फौजदारी संहिताको दफ ३५ अनुसार छानबिन गर्न सिफारिस) प्रतिवेदन मा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS