काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक ३.४५ प्रतिशतले बढ्दा विकास बैंक समूहमा सर्वाधिक २.३२ प्रतिशतको गिरावट देखिएको छ।
बजारमा आज ४५ कम्पनीको शेयरभाउ बढ्दा २१३ कम्पनीको घटेको छ। यो दिन ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
यो दिन बजारमा १५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- ङादी ग्रुप पावरः ५२ करोड ४७ लाख रुपैयाँ
- अपी पावरः ५१ करोड ९६ लाख रुपैयाँ
- शिवम सिमेन्टः ४७ करोड ८० लाख रुपैयाँ
- सुपर मादी हाइड्रोपावरः ४६ करोड ३३ लाख रुपैयाँ
- एसवाई प्यानलः ४४ करोड २८ लाख रुपैयाँ
- कुमारी बैंकः ४० करोड ८२ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ३८ करोड ३१ लाख रुपैयाँ
- एचआईडीसीएलः ३६ करोड ३९ लाख रुपैयाँ
- राधी विद्युतः ३३ करोड ६२ लाख रुपैयाँ
- आँखुखोलाा जलविद्युतः २८ करोड ९४ लाख रुपैयाँ












