IME Life New

फागुनसम्म निर्जीवन बीमकको व्यापार ३१ अर्ब ७० करोड, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८२/ ८३ को फागुन महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले साढे ३१ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार कम्पनीहरुले १८ लाख ६२ हजार ११४ वटा बीमा पोलिसी बिक्री गरी कुल ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा ३ अर्ब ३६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ७९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ६८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्सले २ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले २ अर्ब ३९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ९६करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

Esewa
Crest

ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ९४करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब ७८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले १ अर्ब ४९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्सले १ अर्ब २१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ८६ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS