IME Life New

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस भब्यताका साथ सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल मेडिकल कलेजले विश्व मुख स्वास्थ्य दिवसको अवसरमा विविध सचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कलेजका बीडीएस १२औँ ब्याचका विद्यार्थीहरूको आयोजनामा भएको कार्यक्रममा मुख स्वास्थ्य सचेतनासँगै प्यानल डिस्कस समेत गरिएको थियो ।

कार्यक्रम डेन्टल ब्लकमा ब्यानर ड्रपसहित सुरु गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथी कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिन थिए। भने अन्य अतिथीहरूमा कलेजका प्रिन्सिपल प्रा. डा. मोदनाथ मरहठ्ठा, अस्पताल निर्देशक प्रा.डा.निलमणी उपाध्याय लगायत कलेजका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

Esewa
Crest

सो अवसरमा बोल्दै प्रमुख अतिथी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले मानव स्वास्थ्यमा मुख स्वास्थ्य त्यसमाथि दन्त स्वास्थ्य महत्वपूर्ण भएको बताइन् । दाँत तथा मुखलाइ कसरी स्वस्थ राख्ने विषय समुदाय स्तरमै गएर सचेतना फैलाउनु पर्ने र त्यसका लागि कलेज प्रशासनले समेत आवश्यक सहजीकरण र सहयोग गर्ने उनको भनाइ थियो । कार्यक्रममा अन्य वक्ताहरूले मुख स्वास्थ्य समग्र स्वास्थ्यको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै नियमित दन्त परीक्षण, सरसफाइ र जनचेतनाको आवश्यकतामा जोड दिए ।

“ह्याप्पी माउथ इज अ ह्याप्पी लाइफ” भन्ने नारासहित आयोजित प्यानल छलफलमा प्राध्यापकहरूले मुख स्वास्थ्यको महत्व र यसको दैनिक जीवनसँगको सम्बन्धबारे विचार व्यक्त गरेका थिए । साथै, विद्यार्थीहरूले सचेतनामूलक नाटक, नृत्य तथा अन्य प्रस्तुतिहरूमार्फत कार्यक्रमलाई आकर्षक बनाएका थिए ।

यसअघि बिहान आयोजित अन्य कार्यक्रमअन्तर्गत रील्स तथा पोस्टर प्रदर्शनी गरी मूल्याङ्कन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS