काठमाडौं । नेपाल बीमा प्राधिकरणलाई यात्रा र चिकित्सा बीमाबारे सर्वसाधारणलाई सचेत गराएको छ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै यात्रा र चिकित्सा बीमाबारे सचेत गराएको हो। विभिन्न मुलुकका राजदूतावासमा भिसा आवेदन गर्दा पेस गर्नुपर्ने यात्रा तथा चिकित्सा बीमासँग सम्बन्धित बीमाका कागजात पेस गर्दा केही कन्सल्टेन्सीबाट नक्कली कागजात तयार गरी पेस गर्ने गरेको सूचना प्राप्त प्राधिकरणले जनाएको छ।
त्यस्ता कार्यले भिसा आवेदन प्रक्रियामा नकारात्मक असर पार्ने प्राधिकरणले उल्लेख गरेको छ। ‘त्यस्तै आवश्यक परेका बखत बीमाको दाबी भुक्तानी नपाउने हुन्छ’, प्राधिकरणले भनेको छ, ‘कीर्ते कागजात तयार गरी पेस गर्ने व्यक्तिका सम्बन्धमा बीमा ऐन, २०७९ को दफा १४० मा उल्लेखित कसुर तथा सजायसम्बन्धी व्यवस्था आकर्षित हुन्छ।’
प्राधिकरणले त्यस्ता कीर्ते कागजातप्रति सजग हुन सर्वसाधारणलाई आग्रह गर्नुका साथै कीर्ते कार्यमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ।












