काठमाडौं । मध्यपूर्वमा जारी तनावलाई ध्यानमा राख्दै अमेरिकी विदेश विभागले विश्वभरका आफ्ना नागरिकहरुलाई नयाँ चेतावनी जारी गरेको छ।
सामाजिक सञ्जालमा अमेरिकाको विदेश विभागले लेखेको छ, ‘विश्वभर रहेका हाम्रा नागरिकलाई र विशेषगरी मध्यपूर्वमा रहेकालाई बढी सावधानी अपनाउन आग्रह छ।’
विभागले भनेको छ, ‘समय–समयमा हवाई क्षेत्र बन्द हुँदा तपाइँहरुको यात्रामा बाधा पुग्न सक्छ। मध्यपूर्व बाहिर रहेका अमेरिकी कूटनीतिक सुविधाहरुलाई पनि लक्षित गरिएको छ।’
विभागका अनुसार इरानलाई समर्थन गर्ने समूहहरुले अमेरिका र विदेशमा रहेका अमेरिकी नागरिकसँग सम्बन्धित स्थानहरुलाई लक्षित गर्न सक्छन्। –एजेन्सी












