IME Life New

सोपान फर्मास्युटिकल्सको आइपीओ आजबाट बिक्री खुला, क-कसले भर्न पाउने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोपान फर्मास्युटिकल्सले आज चैत ९ गतेदेखि आइपीओ ल्याउने भएको छ । कम्पनीले पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँबराबरको ४२ लाख ९० हजार कित्ता शेयर आइपीओ निष्काशन गर्न अनुमति पाएको छ। त्यसमध्ये कम्पनीले पहिलो चरणमा १० प्रतिशतले हुन आउने ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गर्न लागेको हो।

दोस्रो चरणमा कम्पनीले ५ प्रतिशतले २ लाख १४ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोष र ४ प्रतिशतले हुन आउने १ लाख ७१ हजार ६०० कित्ता शेयर कम्पनीका कर्मचारीलाई छुट्याएर बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ।

Esewa
Crest

वैदेशिक रोजगारमा रहेका नेपालीले कम्पनीको आइपीओमा न्यूनतममा १० कित्ता र अधिकतममा ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। उनीहरुले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन्। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा चैत २३ गतेसम्म आवेदन दिन सकिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्नेछन्।

यो कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS