काठमाडौं । आज नेप्से परिसूचक ५४ दशमलव ५१ अंकले बढेर २,९३१ को विन्दुमा कायम भएको छ । आज १८३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डभेलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पीनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।













