IME Life New

नेरुडे मिर्मिरे लघुवित्तद्वारा ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल मनी विकको अवसरमा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयको आयोजना तथा बालकोट क्लष्टर, भक्तपुर र बालकोट शाखाको समन्वयमा भक्तपुरको सानोठिमीस्थित श्री आदर्श माध्यमिक विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। मध्यपुर थिमी नगरपालिका वडा नं। १ कार्यालय, ट्राफिक प्रहरी कार्यालय सानोठिमी तथा आदर्श माध्यमिक विद्यालय लगायतको सहयोगमा कक्षा ११ का विद्यार्थीहरू, कर्मचारीहरू तथा सुरक्षाकर्मीहरू गरी करिब १०० जना भन्दा बढिको सहभागितामा आयोजित उक्त कार्यक्रममा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सचेतनामूलक प्लेकार्डसहित र्याली समेत आयोजना गरिएको थियो।

कार्यक्रमको सञ्चालन केन्द्रीय कार्यालयका रघुनाथ सुवेदीले गरेका थिए भने सहभागीहरूलाई संस्थाका सहायक कार्यकारी अधिकृत बिर्ख बहादुर बोहराले स्वागत गरेका थिए । त्यसैगरी संस्थाका नायब कार्यकारी प्रमुख पवन कुमार श्रेष्ठले कार्यक्रमको महत्वका बारेमा प्रकाश पारे ।

Esewa
Crest

कार्यक्रममा संस्थाका जनशक्ति व्यवस्थापन तथा तालिम विभाग प्रमुख राजेश श्रेष्ठले सहजिकरण गर्दै विद्यार्थीहरूलाई वित्तीय साक्षरता, बचतको महत्व, डिजिटल वित्तीय सेवाको सुरक्षित प्रयोग तथा जिम्मेवार आर्थिक व्यवहार सम्बन्धी विषयमा प्रशिक्षण दिका थिए ।

विश्वव्यापी रूपमा मनाइने Global Money Week प्रत्येक वर्ष मार्च महिनाको १६ देखि २२ गतेसम्म सप्ताहव्यापी रूपमा सञ्चालन हुँदै आएको छ। नेपालमा यस अभियानलाई नेपाल राष्ट्र बैंकको निर्देशन तथा आव्हानमा विभिन्न वित्तीय संस्थाहरूले सक्रिय रूपमा मनाउँदै आएका छन्।

यसै सन्दर्भमा संस्थाले पनि आफ्ना विभिन्न शाखाहरूमार्फत विद्यालय तथा समुदाय स्तरमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले विविध कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ।

उक्त कार्यक्रममार्फत युवा तथा विद्यार्थीहरूमा प्रारम्भिक चरणदेखि नै वित्तीय ज्ञान र सचेतना विकास गर्ने, जिम्मेवार वित्तीय व्यवहार अपनाउने तथा डिजिटल माध्यमको सुरक्षित प्रयोग गर्ने सन्देश प्रवाह गरिएको संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS