काठमाडौं । शेयर बजारमा बिहीबार हरियाली छाएको छ। यो दिन नेप्से परिसूचक ६४.६७ अंकले बढेर २८७७.०२ को विन्दुमा बन्द भएको हो।
बजारमा उच्च अंकको बढोत्तरी हुँदा नेप्से उपसमूहमा रहेका १३ वटै समूह उकालो लागेका छन्। यो दिन विकास बैंक समूह सर्वाधिक ३.९५ प्रतिशतले बढेको छ।
आज बजारमा २४० कम्पनीको शेयरभाउ बढ्दा २२ वटाको घटेको छ। यो दिन २ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा यो दिन करिब सवा २१ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।
उच्च कारोबार भएक १० कम्पनी
- ङादी ग्रुप पावरः ६७ कराड १६ लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः ६६ करोड ९० लाख रुपैयाँ
- रिडी पावरः ६२ करोड ६० लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः ५९ करोड ५७ लाख रुपैयाँ
- अपर तामाकोशीः ५९ करोड ३३ लाख रुपैयाँ
- कुमारी बैंकः ५४ करोड ४८ लाख रुपैयाँ
- अपी पावरः ५३ करोड ३८ लाख रुपैयाँ
- अरुण काबेली पावरः ५३ करोड ६ लाख रुपैयाँ
- हिमाल दोलखा हाइड्रोपावरः ४७ करोड १५ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ४७ करोड ६ लाख रुपैयाँ












