IME Life New

कांग्रेस सभापति गगनकुमार थापाले दिए पदबाट राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा पार्टीको कमजोर प्रदर्शनको नैतिक जिम्मेवारी लिंदै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्।

थापाले आफ्नो राजीनामा बुधबार नै उपसभापति विश्वप्रकाश शर्मा समक्ष बुझाएको हो। उनले राजीनामा दिएपनि राजीनामा पत्र भने सार्वजनिक गरिएको छैन। चैत ६ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि नै उनले यस्तो निर्णय लिएका हुन्।

Esewa
Crest

गत फागुन २१ गते भएको निर्वाचनमा थापा स्वयं सर्लाही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेश कुमार सिंहसँग भारी मतान्तरले पराजित भएका थिए। त्यस्तै, कांग्रेसका अन्य शीर्ष नेताहरू पनि चुनावमा अपेक्षित सफलता हासिल गर्न असफल रहे । उनले चुनावमा पार्टीको कमजोर प्रदर्शन भए नैतिकताका आधारमा राजीनामा दिने बताएका थिए।

गत पुस २७–३० गते काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट थापा पार्टी सभापतिमा निर्वाचित भएका थिए। महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो। महाधिवेशन र नयाँ कार्य समिति चयन प्रक्रियाको वैधानिकतामाथि प्रश्न उठाउँदै पूर्वसभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यो मुद्दा अझै अदालतमा विचाराधीन छ।

अब थापाको राजीनामा स्वीकृत गर्ने वा नगर्ने विषय केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS