काठमाडौं । आज नेप्से परिसूचक १३ दशमलव ५१ अंकले बढेर २,८१२ को विन्दुमा कायम भएको छ । आज १३२ कम्पनकिो शेयर मूल्य बढेको छ भने ११३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स र सोलु हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सालपा विकास बैंकका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । होटल फरेष्टका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।













