काठमाडौं । शेयर बजार आज दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटा समूह बढेका छन् भने ७ वटा घटेका छन्। यो दिन जलविद्युत समूह सर्वाधिक १.५९ प्रतिशतले बढ्दा जीवन बीमा समूहमा सर्वाधिक ०.३१ प्रतिशतको गिरावट देखिएको छ।
यो दिन बजारमा १३२ कम्पनीको शेयरभाउ बढेको छ भने ११३ कम्पनीको घटेको छ। आज १७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज १२ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार रिडी पावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- रिडी पावरः ५६ करोड ३७ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः ५१ करोड ७५ लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः ४८ करोड ५ लाख रुपैयाँ
- हिमाल दोलखा हाइड्रोपावरः ४६ करोड ३३ लाख रुपैयाँ
- शिवश्री हाइड्रोपावरः ४४ करोड ५९ लाख रुपैयाँ
- एचआईडीसीएलपीः ३९ करोड ५ लाख रुपैयाँ
- बलेफी हाइड्रोपावरः ३८ करोड ५६ लाख रुपैयाँ
- लिबर्टी इनर्जीः ३७ करोड ९८ लाख रुपैयाँ
- अरुण काबेली पावरः ३७ करोड १८ लाख रुपैयाँ
- घलेम्दी हाइड्रोपावरः २७ करोड ५५ लाख रुपैयाँ












