काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत ३ गते सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा ३ लाख ९ हजार ९ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ७० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ५ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।












