काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको होटेल सारथीले आफ्ना संस्थापक शेयरधनीहरुलाई प्रिमियम मूल्यमा जगेडा शेयर जारी गरेको छ।
होटेलले प्रतिकित्ता ४०० रुपैयाँमा ४ लाख ५३ हजार ६५९ कित्ता जगेडा शेयर जारी गरेको हो। यो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ।
इच्छुक शेयरधनीले आफूले लिन चाहेको शेयर संख्या खुलाई धुलिखेलमा रहेको होटेलको रजिस्टर्ड कार्यालयमा निवेदन दिनुपर्नेछ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने होटेलले जनाएको छ।












