IME Life New

शिखर पावरको आइपीओ बाँडफाँट, यस्ता छन् नतिजा हेर्ने तरिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर पावर डेभलपमेन्टको आइपीओ बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान यो कम्पनीको आइपीओ बाँडफाँट गरिएको हो।

शिखर पावरले गत फागुन १७ गतेदेखि फागुन २६ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। यो कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल १८ लाख ४२ हजार ६०० कित्ता आइपीओ जारी गरेको थियो।

Esewa
Crest

ग्लोबल आइएमई क्यापिटलका अनुसार यो आइपीओमा २६ लाख ८७ हजार ३४७ आवेदकबाट कुल २ करोड ८८ लाख १६ हजार ९९० कित्ता शेयर माग भएको थियो। जसमा २६ लाख ५० हजार ८४७ आवेदकबाट माग भएको २ करोड ८३ लाख ९४ हजार ७९० कित्ता शेयर सदर भएको छ। बाँकी ३६ हजार ५०० आवेदकबाट माग भएको ४ लाख २२ हजार २०० कित्ता शेयर बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी १ लाख ८४ हजार २६० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। यस हिसाबले २४ लाख ६६ हजार ५८७ आवेदकको हात खाली भएको छ।

यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। नतिजा धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइटका साथै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np मा हेर्न सकिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS