काठमाडौं । नेप्से परिसूचक सोमबार २७९८.८३ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक २६.०७ अंकले घटेको छ।
बजार ११ अर्ब ९७ करोड रुपैयाँ कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट २ अर्ब १ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ९६ करोड ५३ लाख रुपैयाँको खरिद भएको छ भने १ अर्ब ५ करोड २६ लाख रुपैयाँको बिक्री भएको छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४८ बाट ६२ करोड १८ लाख रुपैयाँको खरिद र ६७ करोड ५९ लाख रुपैयाँको बिक्री भएको छ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये सबैले बिक्री धेरै गरेका छन्।












