काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह घटेका छन् भने एउटा समूह बढेको छ। उत्पादन तथा प्रशोधन समूह ०.२५ प्रतिशतले बढ्दा बैंकिङ समूहमा सर्वाधिक १.६१ प्रतिशतको गिरावट देखिएको छ।
यो दिन बजारमा ४८ कम्पनीको शेयरभाउ बढेको छ भने २११ कम्पनीको घटेको छ। आज ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज करिब १२ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युतको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- आँखुखोला जलविद्युतः ६८ करोड ७७ लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः ६६ करोड १४ लाख रुपैयाँ
- अप्पर हेवाखोला हाइड्रोपावरः ४१ करोड ५० लाख रुपैयाँ
- एसवाई प्यानलः ३७ करोड २३ लाख रुपैयाँ
- रिडी पावरः ३५ करोड ६५ लाख रुपैयाँ
- एचआईडीसीएलपीः ३१ करोड ७२ लाख रुपैयाँ
- हिमाल दोलखा हाइड्रोपावरः ३० करोड ९८ लाख रुपैयाँ
- पिपुल्स हाइड्रोपावरः ३० करोड ६५ लाख रुपैयाँ
- मञ्जुश्री फाइनान्सः २७ करोड ७२ लाख रुपैयाँ
- बलेफी हाइड्रोपावरः २७ करोड २ लाख रुपैयाँ












