IME Life New

धितोपत्र बोर्ड भन्छः ‘अत्याधिक फाइदाको ग्यारेन्टी दिने वाचाप्रति सावधान हुनुहोस्’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अत्याधिक फाइदाको ग्यारेन्टी दिने वाचाप्रति सावधान रहन सचेत गराएको छ।

ग्लोबल मनी विकका अवसरमा धितोपत्र बजारमा लगानी गर्ने युवा तथा सर्वसाधारण लगानीकर्ताका लागि धितोपत्र बोर्ड आज एउटा सन्देशमूलक सूचना जारी गर्दै यस्तो सचेत गराएको हो। ‘लगानीका अवसरहरु स्वतन्त्र रुपमा अनुसन्धान गर्नुहोस्, निर्णयमा हतार नगर्नुहोस्’, सन्देशमा भनिएको छ, ‘अत्याधिक फाइदाको ग्यारेन्टी दिने वाचाप्रति सावधान हुनुहोस् र तपाइँलाई छिटो निर्णय लिन दबाब दिने व्यक्तिहरुलाई विश्वास नगर्नुहोस्।’

Esewa
Crest

ग्लोबल मनी विक विश्वभर यही मार्च १६–२२ तारिखमा सप्ताहव्यापी कार्यक्रम गरी मनाइँदैछ। यस अवसरमा धितोपत्र बोर्डले जारी गरेको सन्देशः

  • धितोपत्र बजारमा समय समयमा उतारचढाव आउन सक्ने भएकोले धितोपत्रमा लगानी गर्दा यथार्थ र उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भई लगानीसम्बन्धी निर्णय लिनुहोस्।
  • धितोपत्र बजारमा नवप्रवेशीले प्राथमिक बजारबाट लगानी प्रारम्भ गर्नुहोस्। प्राथमिक बजारमा लगानी गर्दा धितोपत्र निष्काशनकर्ता कम्पनीको आह्वानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति र क्रेडिट रेटिङस्तरजस्ता महत्वपूर्ण पक्षहरुको विश्लेषण गर्नुहोस्।
  • धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सूचीकृत कम्पनीले आधिकारिक वा प्रमाणित रुपमा जारी गरेको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचनाजस्तै लाभांश घोषणा, हकप्रद शेयरको घोषणा, व्यबस्थापनमा परिवर्तन, भावी योजनाहरु, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरु, धितोपत्रको मूल्य प्रवृत्ति, कम्पनीको साधारणसभाको निर्णय (माइन्युट) र कम्पनीसँग सम्बन्धित उद्योग तथा क्षेत्रको अवस्था आदि जस्ता महत्वपूर्ण पक्षहरुको अध्ययन गर्नुहोस्।
  • लगानी गर्दा संस्थाको प्रकृति, कम्पनीले दिन सक्ने सम्भावित प्रतिफल, कम्पनीको आधारभूत पक्ष जस्तै (वित्तीय विवरणहरु, व्यवस्थापन, उद्योग र व्यापारको अवस्था, कानुनी वातावरण, व्यापार मोडेल, प्रतिस्पर्धात्मक लाभ)को ख्याल राख्नुहोस्।
  • धितोपत्रमा लगानी गर्नुपूर्व आफ्नो लगानीको उद्देश्य, समयावधि, अपेक्षित आम्दानीजस्ता विषयहरुमा स्पष्ट भई धैर्यता, लगनशीलता तथा दूरदृष्टि राखी लगानी गर्नुहोस्।
  • धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनीतिक स्थितिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सजग रहनुहोस्।
  • विभिन्न सामाजिक सञ्जाल (जस्तैः फेसबुक, ट्विटर, क्लबहाउस, टिकटक, युट्युब, इन्स्टाग्राम)मार्फत प्रकाशन तथा प्रसारण गरिने अनुमान तथा प्रक्षेपण आधिकारिक नहुने भएकोले ती अनुमान, प्रक्षेपण, विचार र परामर्शका आधारमा मात्र लगानीसम्बन्धी निर्णय नलिनुहोस्।
  • उल्लेखित सामाजिक सञ्जालमार्फत हुने धोका, जालसाजी तथा छलकपटबाट बच्न स्वयं सचेत रही स्वतन्त्र रुपमा आफ्नो स्वविवेकले निर्णय गर्नुहोस्।
  • अरुको देखासिखी र लहलहैमा लागेर धितोपत्रमा लगानी नगर्नुहोस्।
  • धितोपत्र बजारमा मुद्रास्फीति, बैंकको तरलता तथा ब्याजदरले प्रत्यक्ष असर गर्ने हुनाले लगानी गर्दा यस्ता विषयलाई मनन् गरी लगानीसम्बन्धी निर्णय लिनुहोस्।
  • जोखिमबाट जोगिन लगानीको विविधीकरण गर्नुका साथै आपतकालीन कोष राखेर जोखिम व्यवस्थापन गर्नुहोस्।
  • धितोपत्र बजारमा भित्री सूचनाका आधारमा हुन सक्ने कारोबार, कर्नरिङ तथा मूल्यमा हुन सक्ने अस्वभाविक उतारचढावजस्ता गतिविधिबाट टाढै रहने र यस्ता गतिविधिका सम्बन्धमा आवश्यक सावधानी अपनाउने गर्नुहोस्।
  • धितोपत्र कारोबारमा रकमको लेनदेन गर्दा बैंकमार्फत मात्र गर्नुहोस्। धितोपत्र कारोबारबापत धितोपत्र दलाल (शेयर ब्रोकर)ले लिने शुल्क सम्बन्धमा रहेको कानुनी व्यवस्थाको जानकारी लिनुहोस्।
  • धितोपत्र बजारमा कारोबार गर्दा धितोपत्र बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायीमार्फत मात्र कारोबार गर्नुहोस्।
  • संस्थागत लगानीकर्ताको लगानी अभ्यास, जोखिम व्यवस्थापन एवं लगानीसम्बन्धी रणनीतिहरुसमेत अध्ययन गरी आफ्नो लगानीसम्बन्धी निर्णय गर्नुहोस्।
  • धितोपत्र बजार, वित्त बजार, बीमा बजार तथा सम्बन्धित नीति, नियम तथा निर्देशनसम्बन्धी आधिकारिक जानकारीका लागि सीडीएससी, नेप्से, धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयको वेवसाइट हेर्ने गर्नुहोस्।
  • धितोपत्रमा लगानीसम्बन्धी कुनै जिज्ञासा वा गुनासा भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्कासनकर्ता तथा सूचीकृत कम्पनी, सीडीएससी, नेप्से वा धितोपत्र बोर्डमा सम्पर्क राख्नुहोस्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS