काठमाडौं । मध्यपूर्व तनावको प्रभाव पेट्रोलियम पदार्थको मूल्यमा परेको छ। जसका कारण नेपालमा पनि पेट्रोलियम पदार्थको भाउ अचाक्ली बढेको छ।
इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर पठाएको हो। सोहीबमोजिम पेट्रोलियम पदार्थको मूल्य बढाएर नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू गर्दैछ।
निगमका अनुसार प्रतिलिटर पेट्रोलमा १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य बढाइएको छ। अब तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा प्रलिलिटर पेट्रोलको मूल्य बढेर १७२ रुपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ १५२ रुपैयाँ कायम गरिएको छ।














