IME Life New

एनआईसी एशिया बैंकद्वारा १५० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा रहेका १५० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । लामो समयदेखि परोपकारी संस्थाका रुपमा काम गरिरहेको यस संस्था अन्तर्गत रहेका विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि तथा पठनपाठनमा सहयोग गर्ने उद्देश्यले यस बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले झोला तथा अन्य शैक्षिक सामग्रीहरु उक्त संस्थाकी प्रबन्ध निर्देशक अप्सरा कार्कीलाई फागुन २८ गते एक कार्यक्रमका बीच हस्तान्तरण गरे ।

बैंकले यसै वर्ष सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत गरिब, जेहेन्दार, विपन्न, पिछडिएका वर्ग तथा शारीरिक रुपमा विशेष क्षमता भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । साथै, विगतका वर्षहरुमा पनि यस बैंकले सरकारी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुका साथै सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गरिसकेको छ ।

Esewa
Crest

शान्ति सेवा गृह, काठमाडौंमा रहेका यी विद्यार्थीहरुलाई गरिएको शैक्षिक सामग्री सहयोगले वहाँहरुको शैक्षिक गुणस्तर बढ्नुको साथै आफ्नो अध्ययनलाई निरन्तरता दिन सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS