IME Life New

पासपोर्ट वितरण १ सातादेखि ३ सातासम्म बन्द हुन सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राहदानी (पासपोर्ट) वितरण १ सातादेखि ३ सातासम्म बन्द हुन सक्ने देखिएको छ।

राहदानी विभागले एक सूचना जारी गर्दै नयाँ प्रणालीमार्फत राहदानी जारी गर्दा राहदानी वितरण केही समय अवरुद्ध हुनसक्ने जानकारी गराएको हो। ‘अहिले राहदानी पुस्तिकालगायतका आवश्यक तयारी गरिसकेको र १–२ महिनाभित्रमा हालको प्रणालीबाट नयाँ प्रणालीमा बदली हुनेछ’, विभागले भनेको छ, ‘उक्त अन्तरिम व्यवस्थामा प्रणाली स्थिर नभएसम्म राहदानी वितरण अवरुद्ध हुनेछ।’

Esewa
Crest

जिल्ला तथा इलाका प्रशासन र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा १ सातादेखि ३ हप्तासम्म बन्द हुन सक्ने विभागको भनाइ छ। ‘राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा एक हप्तासम्म बन्द हुन सक्नेछ’, सूचनामा भनिएको छ, ‘नयाँ प्रणालीमा स्थिरताका लागि १ सातादेखि ३ महिनासम्म लाग्नेछ।’

त्यसो हुँदा अन्तरिम अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भएर जारी हुन अहिलेको भन्दा बढी समय लाग्न विभागले जनाएको छ। त्यसकारण असोजभित्र राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीले अन्तरिम अवस्था सुरु हुनुअघि नै सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिन आग्रह गरेका छन्।

यसका साथै नयाँ प्रणाली सुरु हुने मिति तथा उक्त अवधिमा गरिने व्यवस्थाका सम्बन्धमा अर्को सूचनामार्फत जानकारी गराइनेसमेत विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS