काठमाडौं । आज नेप्से परिसूचक ४६ दशमलव ७८ अंकले घटेर २,७९६ को विन्दुमा कायम भएको छ । आज ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेशनल हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले ९ दशलमव ३३ प्रतिशतका दरले कमाएका छन् ।













