IME Life New

रास्वपा सभापति रवि लामिछानेको चुनावी खर्च रु. ९ लाख ८९ हजार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा ९ लाख ८९ हजार रुपैयाँ खर्च गरेका छन्।

लामिछाने चितवन क्षेत्र २ बाट विजयी उम्मेदवार हुन्। उनको चुनावी खर्चको विवरण जिल्ला निर्वाचन कार्यालय चितवनमा बुझाएका हुन्।

Esewa
Crest

लामिछानेका तर्फबाट निर्वाचन प्रतिनिधि सीता ज्ञवालीले बुझाएको विवरणमा ९ लाख ८९ हजार ९८७ रुपैयाँ चुनावमा खर्च भएको उल्लेख छ।

विवरणअनुसार सबैभन्दा धेरै खर्च यातायात तथा इन्धनमा भएको छ। १५ दिनका लागि २ वटा सवारीसाधन प्रयोग गर्दा लामिछानले २ लाख ९५ हजार रुपैयाँ खर्च गरेका छन्।

यसैगरी गोष्ठी भेलामा १ लाख ८० हजार रुपैयाँ, हवाई भाडा १३ हजार ६२६ रुपैयाँ, खाद्यान्न तथा रासन खरिदमा १ लाख ९६ हजार रुपैयाँ र प्रचारप्रसाद सामग्री खरिदमा १ लाख ५७ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

त्यस्तै मनोनय दर्तामा १० हजार रुपैयाँ, नमुना मतपत्र छपाइमा ६८ हजार १६१ रुपैयाँ, मतदाता प्रशिक्षणका क्रममा खाजा खर्च १४ हजार २०० रुपैयाँ र वडास्तरीय प्रचारप्रसारमा ४६ हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS