IME Life New

विषाक्त हावाले ढाकियो काठमाडौं, बन्यो विश्वकै दोस्रो प्रदूषित सहर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । विश्वकै दोस्रो सबैभन्दा प्रदूषित सहरमा काठमाडौं परेको छ।

यो समाचार तयार गर्दासम्म वायु प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आईक्यू एयर’ तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार काठमाडौं विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा दोस्रो स्थानमा रहेको छ।

Esewa
Crest

काठमाडौंको वायु गुणस्तर सूचकांक १८६ एक्यूआई पुगेको छ। यो सूचकांक १५० भन्दा माथि नाघ्यो भने जनस्वास्थ्यका हिसाबले निकै अस्वस्थ मानिन्छ।

काठमाडौंको आकाशमा विषाक्त हावाले ढोकेको छ। यसले गर्दा मानिसमा आँखा पोल्ने र चिलाउने तथा सास फेर्न पनि असहज भएको छ। स्वास्थ्य मन्त्रालयले समेत अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरिसकेको छ।

तथ्यांकअनुसार विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा भारतको दिल्ली पहिलो स्थानमा रहेको छ। दिल्लीमा अहिले २१४ एक्यूआई रहेको छ।

काठमाडौंपछि पाकिस्तानको लाहोर रहेको छ। लाहोरको एक्यूआई १६८ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS