IME Life New

सञ्चय कोषले ६ महिनामै दियो सञ्चयकर्तालाई दियो रु. २६ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारी सञ्चय कोषले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ६ महिनाको अवधिमा सञ्चयकर्ता तथा हकवालालाई २६ करोड रुपैयाँभन्दा बढी रकम सहायतास्वरुप वितरण गरेको छ।

कोषले कुल २६ करोड २४ लाख ७५ हजार रुपैयाँ वितरण गरेको हो । कोषका अनुसार यो वर्ष पुस मसान्तसम्ममा कोषबाट १२ हजार ४३१ सञ्चयकर्ता तथा सञ्चयकर्ताको हकवालाले यो रकम भुक्तानी पाएका छन् ।

Esewa
Crest

सञ्चयकर्ता स्वास्थ्योपचार सुविधाअन्तर्गत साधारण रोगतर्फ २ हजार २३९ जना सञ्चयकर्तालाई ७ करोड ७० लाख ६६ हजार रुपैयाँ र घातक रोगतर्फ ६८७ जना सञ्चयकर्तालाई ९ करोड १४ लाख ४९ हजार रुपैयाँ उपलब्ध गराएको छ।

यसैगरी सुत्केरी तथा शिशु स्याहार सुविधाअन्तर्गत ९ हजार १४० सञ्चयकर्तालाई ६ करोड ८५ लाख ५० हजार रुपैयाँ र काजकिरिया अनुदान सुविधा २८४ जना सञ्चयकर्ताका आश्रित परिवारलाई १ करोड १३ लाख ६० हजार रुपैयाँ वितरण गरेको छ।

कोषका अनुसार दुर्घटना क्षतिपूर्ति सुविधाअन्तर्गत ३८ जना सञ्चयकर्ताको हकवालालाई ७६ लाख रुपैयाँ प्रदान गरिएको छ।

त्यसैगरी सेवाकालमा मृत्यु भएका ४३ जना निजामती कर्मचारीको हकवालालाई नेपाल सरकारबाट शोधभर्ना हुने गरी ६४ लाख ५० हजार रुपैयाँ भुक्तानी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS