IME Life New

मकर जितुमाया सुरी हाइड्रोपावरको सवा ६० लाख बढी कित्ता शेयरको लकइन अवधि सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको सवा ६० लाख बढी कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ।

कम्पनीले एक सूचना जारी गर्दै कुल ६० लाख ३० हजार ६२८ कित्ता शेयरको लकइन अवधि आउँदो चैत २८ गतेबाट सकिने जानकारी गराएको हो। जसमा संस्थापक शेयर ५३ लाख २० हजार कित्ता, कम्पनीका कर्मचारीको ३२ हजार २८ कित्ता र स्थानीयको ६ लाख ७८ हजार ६०० कित्ता रहेको छ।

Esewa
Crest

कुनै पनि कम्पनीको सर्वसाधारणलाई जारी आइपीओ बाँडफाँट भएको मितिले संस्थापक, कर्मचारी र स्थानीयको शेयर ३ वर्षका लागि लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

यद्यपि, संस्थापक शेयरधनीमध्ये सञ्चालक सदस्यमा रहने तथा उच्च पदमा बहाल कर्मचारीको हकमा भने कम्पनीमा हुँदाको बखत वा पदबाट हटेपश्चात १ वर्ष अवधिसम्म शेयर खरिद–बिmी गर्न नपाइने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS