काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २४ लाख मत कटाएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशका विभिन्न निर्वाचन क्षेत्रमा कुल ४८ लाख ८३ हजार ३५१ समानुपातिक मत गणना भएको छ। जसमा रास्वपा एक्लैले २४ लाख २ हजार ८८७ मत ल्याएको छ। यो भनेको ४९.२१ प्रतिशत हो।
दोस्रो धेरै समानुपाति मत ल्याउनेमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले १६.७० प्रतिशत अर्थात ८ लाख १५ हजार ७४४ मत ल्याएको छ।
यसैगरी नेकपा (एमाले)ले ६ लाख ९६ हजार ९७७ र नेकपाले ३ लाख ३१ हजार ४१० मत ल्याएका छन्। हालसम्म कुल मतमा एमालेको हिस्सा १३.९७ प्रतिशत र नेकपाको ६.६५ प्रतिशत रहेको छ।
हालसम्म राप्रपाले १ लाख ७६ हजार ६५६ र श्रम संस्कृति पार्टीले १ लाख १८ हजार ३५९ मत ल्याउँदा बाँकी मत दलहरुले ल्याएका छन्।












