काठमाडौं । उदयपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिन स्विप गरेको छ। दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा १ मा पारशमणि गेलाल र २ मा सूर्यबहादुर तामाङ विजयी भएका हुन्। गेलाल ३० हजार ५०९ मत र सूर्यबहादुर तामाङ १४ हजार ८०२ मतका साथ विजयी भएका छन्।
गेलालका निटकतम प्रतिस्पर्धी श्रम सँस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राईले ११ हजार ६९६ मत ल्याएका हुन् । सूर्यबहादुर तामाङका निकटतम प्रतिद्वन्द्वी एमालेका अम्बरबहादुर रायमाझीले ७ हजार ६ सय ४८ मत ल्याएका हुन् ।












