IME Life New

रास्वपाले दुई तिहाइ सिट पाउला ? के छ चुनावी आँकडा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभामा २७५ सदस्य रहने संवैधानिक व्यवस्था रहेको छ। जसमा प्रत्यक्षतर्फ १६५ जना र समानुपातिकतर्फ ११० जना चुनिन्छन्।

प्रतिनिधिसभामा दुई तिहाइ बहुमत पाउन १८४ सिट ल्याउनुपर्छ। चुनावी नतिजाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक रहेको देखिन्छ।

Esewa
Crest

प्रत्यक्षतर्फ रास्वपाले १०६ सिट जितिसकेको छ भने १९ क्षेत्रमा अग्रता लिइरहेको छ। यो हिसाबले प्रत्यक्षतर्फ रास्वपाले १२५ सांसद जित्ने सम्भावना छ।

समानुपातिकतर्फ रास्वपाले १३ लाख ८८ हजार ४२१ मत प्राप्त गरिसकेको छ। जुन हालसम्मको कुल मतको ५० प्रतिशत बढी हो।

समानुपातिकमा गणना विधिअनुसार रास्वपाले करिब ६१ सिट पाउने देखिन्छ। यस हिसाबले प्रत्यक्ष १२५ र समानुपातिकबाट ६१ सिट पाउँदा रास्वपाको कुल सांसद संख्या १८६ पुग्ने सम्भावना छ। जुन दुई तिहाइभन्दा थोरै बढी हो।

किन महत्वपूर्ण छ दुई तिहाइ ?

प्रतिनिधिसभामा दुई तिहाइ मतको महत्व निकै धेरै रहेको छ। दुइ तिहाइको सरकारलाई संविधान संशोधनको प्रस्ताव गर्ने निर्णयको विशेष अधिकार हुन्छ। तर, त्यसका लागि राष्ट्रियसभामा दुई तिहाइ आवश्यक पर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS