काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षमा १०० सिट कटाएको छ।
हालसम्म १७५ क्षेत्रमध्ये १३२ क्षेत्रको अन्तिम नतिजा आएको छ। त्यसमध्ये रास्वपा एक्लैले १०१ क्षेत्रमा विजय हासिल गरेको छ। रास्वपाका उम्मेदवारहरुले अझै २४ क्षेत्रमा अग्रता लिइरहेका छन्।
दोस्रो धेरै जित निकाल्नेमा नेपाली कांग्रेस रहेको छ। विभिन्न १५ क्षेत्रमा कांग्रेसका उम्मेदवार विजय भएका छन् भने १६ क्षेत्रमै अगाडि रहेका छन्।
यसैगरी नेकपा एमालेले ७ क्षेत्रमा जित हासिल गर्दा नेकपाले ६ क्षेत्रमा विजयी हासिल गरेको छ। एमालेका उम्मेदवारले ११ स्थानमा अग्रता लिइरहँदा नेकपाका उम्मेदवार ८ क्षेत्रमा अगाडि रहेका छन्।
उता राप्रपा, श्रम संस्कृति पार्टी र स्वतन्त्रले १–१ सिट जित्दा श्रम संस्कृति पार्टीका उम्मेदवार २ क्षेत्र र राप्रपाका १ क्षेत्रमा अगाडि रहेका छन्।












