IME Life New

समानुपातिकमा रास्वपाले कटायो १२ लाख मत, अन्य दलको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत खसेको समानुपातिक मतमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १२ लाख मत कटाएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशका विभिन्न निर्वाचन क्षेत्रमा कुल २३ लाख ९२ हजार ५८७ समानुपातिक मत गणना भएको छ। जसमा रास्वपा एक्लैले १२ लाख ११ हजार ६३० मत ल्याएको छ। यो भनेको ५०.६४ प्रतिशत हो।

Esewa
Crest

दोस्रो धेरै समानुपाति मत ल्याउनेमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले १७ प्रतिशत अर्थात ४ लाख ६ हजार ७६१ मत ल्याएको छ।

यसैगरी नेकपा (एमाले)ले ३ लाख २४ हजार ६९६ र नेकपाले १ लाख ५७ हजार ६११ मत ल्याएका छन्। हालसम्म कुल मतमा एमालेको हिस्सा १३.५८ प्रतिशत र नेकपाको ६.५९ प्रतिशत रहेको छ।

बाँकी मत अन्य मत राप्रपालगायतका दलहरुले ल्याएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS